Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

काठमाडाैं । महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको मनराशिस्वा नगरपालिका–३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो । हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077