Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिक्षकको माग गर्दा नगरप्रमुख महतोको निर्देशनमा दर्जन बढी विद्यार्थी निष्कासन

महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतोले गौशालास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट विद्यार्थीलाई निकालिदिएका छन् ।

विषगत शिक्षकको अभाव भएको भन्दै शिक्षक माग गरेका दर्जन बढी विद्यार्थीलाई प्रमुख महतोले प्रधानाध्यापकसँगको मेलिमतोमा विद्यालयबाटै निष्कासन गरिदिएका हुन् ।

शिक्षक नहुँदा विद्यालयमा शैक्षिक सत्र सुरु भएदेखि नियमित पठनपाठन समेत हुन नसकेको भन्दै विद्यार्थीहरूले शिक्षक ल्याउन माग गर्दै आएका छन् ।

विद्यालयमार्फत प्रमुखसँग शिक्षक माग गर्दा समेत बेवास्ता गरेपछि विद्यार्थीले नाराबाजीसहित प्रर्दशन गरिरहेका थिए । विद्यार्थीहरूले गौशाला–औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि आइतबार चक्काजाम गरेर प्रदर्शन गरेका थिए ।

तर आफूविरुद्ध नाराबाजी गरेको आरोप लगाउँदै नगरप्रमुख महतोले उनीहरूलाई धरपकड गर्न निर्देशन दिँदै प्रदर्शनमा उएिका विद्यार्थीलाई सामूहिक निष्कासन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077