Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

अशोक राईले भने - एमालेसँग सहकार्य तोड्ने निर्णय भएको छैन, अध्यक्ष यादवको भनाइ व्यक्तिगत हो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोक कुमार राईले नेकपा एमालेसँगको तालमेल नसकिएको बताएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिए पनि सो पार्टीका संघीय परिषद अध्यक्ष राईले यस्तो बताएका हुन् ।

एमालेसँगको सहकार्यको विषयमा मतभिन्नता देखिएका बेला राईले भने त्यो यादवको व्यक्तिगत धारणा भएको बताए ।

राईले भने, ‘यो उहाँको अध्यक्ष उपेन्द्र यादवको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ।’

उनले यसबारे अध्यक्ष यादवसँग छलफल गर्ने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077