Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीमतीको घाँटी रेटी वीभत्स हत्या, टाउको प्लास्टिकमा बोकेर भाग्दै गर्दा श्रीमान पक्राउ

सुर्खेत । सुर्खेतमा आफ्नै श्रीमतीको टाउको काटेर भागिरहेको अवस्थामा श्रीमान प्रक्राउ परेका छन् ।

जिल्लाको पञ्चपुरी नपा ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती ३० वर्षीया मीना आलेको घाँटी काटी टाउको प्लाष्टिकको थैलोमा राखी भागिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्यचौकी पछाडिबाट प्रक्राउ गरेको बताइएको छ ।

आले मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077