Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई ६ वर्ष जेल सजाय

एजेन्सी । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।

अर्जेन्टिना उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो ।

उनलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ । माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको र उक्त प्रक्रिया निकै लामो रहेकाले तत्काल जेल भने जानुपर्ने अवस्था भने नरहने जनाइएको छ ।

तर बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसलाले सिंगो अर्जेन्टिनालाई हल्लाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077