Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग-२ : खराव ब्याटिङका कारण नेपाल नामिबियासँग ८६ रनले पराजित

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियामा जारी शृंखलामा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । नामिबियाको विन्डहोएक स्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नामिबियासँग नेपाल ८६ रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनमा समेटियो ।

जितसँगै नामिबिया ३० खेलबाट ३७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने २३ खेलबाट १८ अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ।

जारी सिरिजमा यसअघिको खेलमा नेपालले स्कटल्याण्डसँग ३ विकेटको हार ब्यहोरेको थियो भने नामिबियासँगको अघिल्लो खेलमा वर्षा वाधक हुँदा अंक बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077