Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्ली नगर निगममा आम आदमी पार्टीको बहुमत, भाजपाको १५ वर्षपछि हार

एजेन्सी । दिल्लीको स्थानीय निकायमा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ ।

स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो ।

निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ । स्टेट इलेक्सन कमिसनका अनुसार २५० सिटको निगममा आम आदमी पार्टीले १३४ सिट ल्याएको छ । भाजपाले भने १०४ सिट मात्रै जितेको छ ।

हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । यद्यपि पूर्ण नतिजा भने घोषणा भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077