Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

संसद् विघटन गर्ने कोशिस गरेपछि पेरुका राष्ट्रपति हिरासतमा

काठमाडौं । पेरुका राष्ट्रपति पेद्रो कास्टिलोले संसद् विघटन गर्ने कोशिस गरेपछि उनलाई महाअभियोग लगाएर पदबाट हटाइएको छ ।

उनालाई हटाएपछि पूर्व उपराष्ट्रपति डीना बोलुआर्तेले राष्ट्रपति पदको शपथ लिएकी छन् । उनी पेरुको पहिलो महिला राष्ट्रपति बनेकी हुन् ।

बुधबार नै पेद्रो कास्टिलोले संसद्लाई एक ‘असाधारण आपतकालीन सरकार’ मा बदल्ने बताएका थिए ।

यद्यपी सांसदले यसलाई अस्विकार गर्दै एक आपतकालीन बैठक बोलाएर कास्टिलोविरुद्ध महाअभियोग लगाएर पदबाट हटाए । त्यसपछि कास्टिलोलाई हिरासतमा लिइएको छ र उनीविरुद्ध विद्रोही भएको आरोप लगाइएको बताएको छ ।

पेशाले वकिल रहेकी ६० वर्षीय बोलुआर्तेले पद सम्हालेसँग अब उनी २०२६ सम्मका लागि राष्ट्रपति रहनेछिन्। शपथग्रहण पछि बोलुआर्तेले देशलाई तत्कालीन संकटबाट निकाल्नका लागि राजनीतिक सहमतिप्रति जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077