Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस पूर्व उपसभापति निधि र स्वीस राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।

निधि निवास बानेश्वरमा बिहीवार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो।

स्वीस राजदूत एलिजाबेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैं तयार रहेको निधिको सचिवालयले जनायो।

कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077