Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, शुक्रबारदेखि वितरण गरिने

    मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, शुक्रबारदेखि वितरण गरिने

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 651
    SHARES

    काठमाडौं । वर्षाका कारण बन्द गरिएको मेलम्चीको पानी काठमाडौंको सुन्दरी जलमा आइपुगेसंगै वितरणको तयारी थालिएको छ ।

    मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने तयारी गरेको हो ।



    सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो ।



    गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ ।

    शुक्रबार बिहान पानी औपचारिक घर–घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ ।

    यसको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड’केयूकेएल’ ले गर्नेछ । शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने तयारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार