Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

गुजरातमा फेरि भाजपाको सरकार बन्ने निश्चित

एजेन्सी । गुजरात विधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। गुजरातमा भारतीय जनता पार्टीको सरकार बन्ने करिब निश्चित भएको छ।

पछिल्लो मतपरिणामअनुसार भाजपा ७९ स्थानमा विजयी हासिल गरी अग्रस्थानमा छ भने ७८ स्थानमा लिड गरिरहेको छ। यस्तै, भारतीय कंग्रेस आइले ३ स्थानमा विजयी भएको छ।

कंग्रेसले १३ स्थानमा अग्रता लिएको छ। बिहीबार बिहान ८ बजेदेखि मतगणना सुरु भएको हो। गुजरातमा २७ वर्षदेखि भाजपाले शासन गर्दै आएको छ।

यसपटक भने आम आदमी पार्टी पनि कडा प्रतिष्पर्धाबीच चुनावी मैदानमा देखिएको छ। आम आदमी पार्टीले १ स्थानमा विजयी भएको छ भने ४ स्थानमा अग्रता लिएको छ।

गुजरात विधानसभाको १८२ सिटका लागि दुई चरणमा निर्वाचन भएको हो। पहिलो चरणमा १९ जिल्लामा ८९ सिटका लागि मतदान भएको थियो। यसमा ६१ पार्टीका ८३३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077