Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्कटल्यान्डसँग नेपालको लज्जास्पद हार, शृंखलामा नेपाल जितविहीन

काठमाडौं । नामिबियामा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग लज्जास्पद हार व्यहोरेको छ ।

नेपालले दिएको एक सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर भेटायो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले नटआउट ४६ र जर्ज मुन्सेले ४५ रन बनाए । बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

यसअघि नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई/दुई विकेट लिए ।

योसँगै नेपाल त्रिदेशीय एकदिवसीय शृङ्खलामा जितविहीन भएको छ । यस भ्रमणमा नेपालले चार खेलमा ३ मा हार र एकमा बराबरीको नतिजा निकालेको छ ।

नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक जोडेको नेपालले त्यसपछि लगातार दुई खेलमा हार व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित नेपाल बुधबार नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्ने सम्भावना लगभग सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077