Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरातमा भाजपालाई अत्यधिक बहुमत, हिमाचलमा कंग्रेसको कमब्याक

काठमाडौं । गुजरातमा २७ वर्षदेखि सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) भारी बहुमतले विजयी भएको छ ।

चुनावी परिणामअनुसार भाजपा गुजरातमा हालसम्म सबैभन्दा बढी सिट जित्ने दल पनि बनेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहप्रदेशमा विधानसभाका १ सय ८२ मध्ये भाजपा एक्लैले १ सय ५६ सिट जितेको छ । कंग्रेस १७ र आम आदमी पार्टी (आप) ५ सिटमा सीमित भएका छन् ।

अघिल्लो पटक ७७ सिट जितेको कंग्रेसले यसपटक ६० सिट गुमाएको छ । हारको जिम्मेवारी स्विकार्दै कंग्रेस प्रदेश अध्यक्ष रघु शर्माले पदबाट राजीनामा दिएका छन् ।

२०१७ को चुनावमा ९९ सिट जितेको भाजपाले अघिल्लो पटकभन्दा ५७ सिट बढी जितेको छ । भाजपाले प्रधानमन्त्री मोदीकै बलमा गुजरातमा चुनाव लडेको थियो ।

यस्तै पहाडी राज्य हिमाचलमा भाजपाले हार व्यहोरेको छ । त्यहाँ प्रत्येक चुनावबाट सरकार फेरिने परम्परालाई मतदाताले यसपटक पनि कायम राखेका छन् । सत्तारूढ भाजपाले आवश्यक बहुमत सिट ल्याउन सकेन । विपक्षी कंग्रेसले बहुमत सिटमा जित हासिल गरेको छ ।

६८ सिटको विधानसभामा कंग्रेसले ४० र भाजपाले २५ सिट जितेका छन् । तीन सिटमा निर्दलीय उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077