Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटा भन्छन् - जनादेश कांग्रेसलाई आएको छ, सरकार बनाउने खेलमा एमाले लाग्दैन

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले आफ्नो पार्टी नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने खेलमा नलाग्ने बताएका छन् ।

सञ्चारमाध्यममा कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा चलिरहेका बेला शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सो कुरा बताएका हुन् ।

बाँस्कोटाले कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै भएको दाबी गरे ।

‘स्पष्ट जनादेश कसैको पक्षमा आएन। तुलनात्मक जनादेश कांग्रेसलाई आएकोले सरकार गठनको भ्यागुत्ते धार्नी पुर्‍याउने खेलमा एमालेले रुचि राख्लाजस्तो मलाई लाग्दैन’, बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उसै त मिडिया, त्यसमाथि नेपालका, होहल्ला त गरिरहन्छन्। लुँडोमा चासो राख्नुभन्दा आज कसैले डच–अर्जेन्टीनी भिडन्त हेर्न बोलाए हुन्थ्यो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077