Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल र जिप ठोक्किँदा चितवनमा जर्मन नागरिकको मृत्यु

चितवन । पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना विदेशी नागरिको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मोटर साइकल चालक ६० वर्षीय जर्मन नागरिक माइकल मेयर ओलेबेर सेलबेनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्ग अन्तरगत चितवनको ईच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै नारायणगढबाट काठमाडौं आउदै गरेको मोटरसाइकल र सोहि दिशाबाट जादैँ गरेको जीप एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077