Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्घाखाँचीको सीतापुरमा कार दुर्घटना : पाँचजना घाइते, दुईको अवस्था गम्भीर

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जादै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना भएको हो ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकोमा प्राथामिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा तनहुँ आवुखैरनी गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षिय कार चालक सिशन त्रिपाठी र सोहि ठाउँकी २५ वर्षिय प्रकृती त्रिपाठी रहेका छन् ।

यस्तै अन्य तिन जना घाइतेहरु मध्ये ५५ वर्षकी लक्ष्मी त्रिपाठी, ५१ वर्षका अन्सु त्रिपाठी,२८ वर्षिय शिशिर त्रिपाठी रहेको प्रहरीले जनाएको छ । कार सडक देखि ८० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077