Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कर्णालीमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ बेपत्ता

    कर्णालीमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 696
    SHARES

    फाइल तस्विर

    कालीकोट । कालीकोटको फुकोट अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा काम गरिहेको डोजर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

    दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । शनिबार कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खसेको हो । मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षीय चरित्र विक र सोही ठाउँका १४ वर्षीय युवराज बुढा छन् ।



    कर्णाली नदीमा खसेको डोजरमा रहेका सान्नीत्रिवेणी १ का उमेश गिरी, सोही ठाउँका रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता छन् ।



    दुर्घटनामा रास्कोट ७ का मिलन शाही, खाडाचक्र ११ बरातुका विवेक भारती र विकास भारती घाइते छन् । घाइतेको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार