काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम निर्वाचन आयोगमा पठाएको छ ।
शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले समानुपातिक सांसदको सूची निर्धारण गरेको हो । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ ।
यस्तै, वाग्मती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ ।
मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १(१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो ।