Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

साढे ६ किलो चरेससहित डडेल्धुराबाट एक जना पक्राउ

डडेल्धुरा । प्रहरीले लागूऔषधसहित डडेल्धुराबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय बिरबहादुर ऐर रहेका छन् ।

शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका-१ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागुऔषध चरेस रहेको

भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पक्राउ परेका ऐरलाई हिरासतमा राखिएको छ भने आज आइतबार जिल्ला अदालत डडेल्धुरामा पेस गरिने छ । उनको साथबाट ६ ५४० किलोग्राम चरेस बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077