Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अवैध लागूऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीबाट प्रहरीले ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोईनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी बेलापुर बस्ने ५० वर्षीय समिरा सिह र सोही ठाँउका ५३ वर्षीय शेर सिह रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरेको हो ।

प्रहरीले युपी ३१ बी एक्स ८०९१ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूलाई कैलालीको कैलारी गाउँपालिका ७

बसन्तामा चेक जाँच गर्दा उक्त मोटरसाइकलको डिक्किको भागमा लुकाई राखेको अवस्थामा ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोईन गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077