Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान तयार

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट उदाएको रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ ।

पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको रास्वपाले सरकारमा जाने तयारी गरेको हो । त्यसका लागि दुवै गठबन्धनका नेताहरुबीच अनौपचारिक छलफल तथा संवाद भइरहेको एक नेताले बताए ।

रास्पाले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डा अघि सारेको छ ।

ती एजेण्डामा सहमति भएको खण्डमा जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा जान तयार रहेको प्रवक्ता मुकुल ढकालले बताए ।

प्रवक्ता ढकालले अब उधारो सम्झौता गरेर जनतालाई ढाँट्ने काम बन्द हुनुपर्ने भन्दै दलहरुका घोषणपत्रका राम्रा पक्ष कार्यान्वयनका लागि नियम र संरचना पनि अघि बढाउनेगरी मात्र सरकारमा सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077