एजेन्सी । विश्वकप खेलिरहेको अर्जेन्टिनालाई फिफाले कारबाही गरेको छ। क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अनुशासन उल्लंघन गरेको भन्दै फिफाले अर्जेन्टिनालाई कारबाही गरेको हो ।
विश्व फुटबलको नियामक निकाय फिफाले खेलमा ‘अर्डर एन्ड सेक्युरिटी’उल्लेख गरेको छ।
दुबै टिमले अन्तिम समयमा दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएपछि अर्जेन्टिनाको प्रशिक्षण टिम र बेन्चमा भएका खेलाडी मैदानमा प्रवेश गरेर विवादमा उत्रिएका थिए।
अतिरिक्त समयको अन्त्यसम्म २-२ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि पनि विवाद भएको थियो।
कप्तान लियोनेल मेसी पनि त्यो खेलका दौरान र खेल सकिएपछि पहेँलो कार्ड पाउने १७ जना खेलाडी र एक अफिसियल थिए।
एकै खेलमा पाँच पहेँलो कार्ड पाएको र अनुशासनहीन गतिविधिले जरीवाना हुने भएको हो। दुवै टिमलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने छ।