Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजार ३१ अंकले घट्याे, कारोबार १ अर्बमा सीमित

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ३२ अंकले गिरावट आएको छ।

साताको पहिलो कारोबारमा बजार परिसूचक ३१.९७ अंकले घटेको हो ।

आइतबार ३१.९७ अंकले घट्दा समग्र बजार मापक परिसूचक १८८५.३१ विन्दुुमा झरेको छ । आज १.६७ प्रतिशतको गिरावट हुँदा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.६८ प्रतिशतले घटेको छ ।

आज २५३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँको सेयर कारोबार भयो।

२४ हजार ६४४ पटक कारोबार भएको हो। कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्।

आज बैंकिङ समूहको सूचक सर्वाधिक २.३० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनी १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँको सेयर खरिदबिक्री भयो।

आइतबारको कारोबारमा सिवाइसी नेपाल लघुवित्त र सम्मीट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077