मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कडा ३ ज्यामिरे बस्ने ३५ वर्षीया सरस्वती वाईबाको शव फेला परेको छ ।
गत शुक्रबारदेखि बेपत्ता रहेकी सरस्वतीको शव फेला फरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय ठूलो कान्छा वाईबाको घरबाट अन्दाजी ५० मिटर पर बारीमा अनुहार र कपडाको केही मात्र भाग देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा भेटिएको शव फेला परेको थियो ।
शवलाई खाल्डोबाट निकालेर मुचुल्का तयार गरी हेटौंडा अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान प्रहरीले जनाएको छ ।