धनुषा । धनुषामा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ । जिल्लाको बटेश्वर गाँउपालिका ५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको आज विहान हत्या भएको हो ।
हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको छ।
उनका श्रीमान वीरेन्द्र यादवले आज बिहान करिब ४ बजेतिर तीन/चार जना नकवधारी समूह घरमा आएको र श्रीमतीको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।
श्रीमान वीरेन्द्रलाई पनि शंकाको घेरामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसअघि वीरेन्द्रले श्रीमतीलाई कुटपिट गर्ने गरेको बताइएको छ ।