Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक नियम उल्लंघन गर्ने २०७ सवारी चालकमाथि कारबाही

काठमाडौं । उपत्यकामा सोमबार बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई काठमाडौं ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएका ३ जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ ।

सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारीसाधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077