Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इटालीमा अज्ञात व्यक्तिले गोली चलाउदा प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु

टोकियो । इटालीको रोममा रहेको एक क्याफेमा एक व्यक्तिले गोली चलाउँदा तीनजना महिलाको मृत्यु भएको छ।

स्थानीय आवास क्षेत्रका बासिन्दाहरुको बोर्ड बैठक चलिरहँदा गोली प्रहार भएको हो। सो घटनामा अन्य चारजना घाइते भएका छन्।

रोमका मेयर रोबर्टो गुएलतेरीले गोली चल्नुलाई 'गम्भीर हिंसात्मक घटना' भन्दै सोमबार आपतकालिन बैठकमा सहभागी हुने बताएका छन्।

प्रहरीले गोली चलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको उमेर ५७ रहेको र आवास क्षेत्रका कमिटीका सदस्यहरुसँग उनको पहिलादेखि नै विवाद रहेको खुलेको छ।

'आइ ह्विल किल यु अल' भन्दै बन्दुकधारी क्याफेमा प्रवेश गरेको र पिस्तोल निकालेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलानीले गोलीकाण्डमा मृत्यु हुने एक महिला आफ्नो साथी रहेको बताएकी छिन्।

प्रधानमन्त्री मेलानीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077