काठमाडौं । कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यान्वयन गरिएका बजेट तथा कार्यक्रम र योजनाको समीक्षा गर्न थालिएको छ ।
चालु आवको कात्तिक महिनासम्म भएको बजेट खर्च तथा योजना निर्माणको अवस्था, त्यसको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी लिन समीक्षात्मक बैठक सुरु गरिएको मुख्यमन्त्री शाहीले बताए ।
बैठकमा प्रदेश सरकारका विभागीय मन्त्री, प्रमुख सचिव, विभागीय सचिव र महाशाखा प्रमुखको सहभागिता रहेको जनाइएको छ ।