Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण छैन : रञ्जिता श्रेष्ठ

    सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण छैन : रञ्जिता श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 747
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको बताएकी छन् ।

    अध्यक्ष श्रेष्ठले अध्यादेश ल्याउनु आफुहरुका लागि सकारात्मक कुरा भएको बताएकी हुन् । उनले राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वाससमेत व्यक्त गरिन् ।



    श्रेष्ठले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन् । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताइन् ।



    रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए ।

    त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रिया केही दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए । टीकापुर घटनामा दोषी ठहर भई रेशम चौधरी जेल सजाय भोगिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार