Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पार्टीको कुराले रेशमसँग डिभोर्स हुँदैन : रञ्जिता श्रेष्ठ

    पार्टीको कुराले रेशमसँग डिभोर्स हुँदैन : रञ्जिता श्रेष्ठ

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 540
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी र परिवार छुट्टै विषय भएको बताएकी छिन्।

    बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा रञ्जिताले यस्तो बताएकी हुन् ।



    प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा उनका पति रेशम चौधरी र रञ्जिताको फरक मत रहेको छ ।



    रञ्जिताले भनिन, ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’

    रेशम विश्वासको मत नदिने पक्षमा थिए भने श्रेष्ठ पक्षमा रहेकी थिईन् । रञ्जिताले रेशम र आफ्नो फरक मत रहेको उल्लेख गरिन्।

    उनले श्रीमान् श्रीमतीले चलाएको पार्टी नभई जनताले चलाएको पार्टी भएको उनले प्रतिक्रिया दिएकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार