Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समानुपातिकको सूची सच्याउन एमालेलाई फेरि दोस्रो पत्र पठाइने

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्र पठाउने भएको छ ।

मंसिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा सोमबार एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो ।

आयोगले एमालेले आज निर्धारित समयभित्र त्रुटि सच्याएर नपठाए अन्य दलको उम्मेदवारलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र दिने तयारीसमेत गरेको छ । यता नेकपा एमालेले भने आफूले पठाएको सूची क्रमअनुसारै रहेको दाबी गरेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले यसअघि बुझाएको बन्दसूचीमा फेरबदल गरी बुझाए पनि एमालेले पुरानै सूचीलाई निरन्तरता दिएको हो । यसबारेमा आयोगले हिजो बेलुका छलफल गरेको छ । छलफलका आधारमा आज पत्र पठाउने तयारी भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077