Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तालिवान फौजको आक्रमणमा ७ पाकिस्तानीको मृत्यु, बम तथा गोली प्रहारबाट १७ घाइते

    तालिवान फौजको आक्रमणमा ७ पाकिस्तानीको मृत्यु, बम तथा गोली प्रहारबाट १७ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 819
    SHARES

    एजेन्सी । अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आक्रमण गरेको छ ।

    सो आक्रमणमा परी सातजना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ  भने बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।



    आक्रमणपछि अफगानिस्तान र पाकिस्तानबीचको तनाव बढेको छ । पाकिस्तानी सेनाले घटनाको भर्त्सना गर्दै अफगान भूमिमा ‘अन्धाधुन्ध गोली प्रहार गरेको’ गरेको बताइएको छ ।



    पाकिस्तानले गरेको जवाफी आक्रमणमा एक जना सैनिकको ज्यान गएको र केही घाइते भएका जनाइएको छ ।

    बलुचिस्तान प्रान्तको चमन दुई देशबीचको प्रमुख व्यापारिक नाका हो । उक्त नाकाबाट दैनिक हजारौं मानिस ओहोरदोहर गर्ने गर्छन् । घटनापछि बन्द भएको आवागमन वार्तापछि खुला गरिएको अधिकारीहरूले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार