Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चिसोसँगै वायु प्रदूषण पनि बढ्यो

काठमाडौं । उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।

हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको छ। हिजो यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो। सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो।

आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ।

यस्तै चिसोसँगै वायु प्रदूषण पनि बढेको छ । हिउँदमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा प्रदूषण बढ्ने गर्छ । वायु गुणस्तर सूचांक एक्यूआई तथ्यांकअनुसार इटहरीमा हावाको गुणस्तर सबैभन्दा खराब २ सय ३७ रहेको छ ।

एक्यूआई शून्यदेखि ५० सम्मलाई सामान्य रुपमा लिने गरिन्छ । त्यस्तै भक्तपुर, दाङको तुल्सिपुर र काठमाडौंको हावाको गुणस्तर पनि खराब छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077