Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजार २ अंकले घट्दा ७७ करोडको कारोबार, नबिलको सर्वाधिक किनबेच

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो कारोबारमा पुन : गिरावट आएको छ ।

मंगलबार बजार २.५७ अंकले घटेको छ । मंगलबार बजार २.५७ अंकले घटेर १८९९.७० मा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.४४ प्रतिशतले घटेर ३७१.३० मा झरेको छ ।

समूहगत उपसूचकतर्फ हाइड्रोपावर ०.८८, माइक्रो फाइनान्स ०.१५, म्युचुअल फण्ड तथा नन लाइफ इन्स्योरेन्स ०.३५ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ।

बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार ७७ करोड ७० लाख ८९ हजार १६५ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

कारोबार भएका २४८ कम्पनीमा ९० कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ । २४८ वटा स्क्रिप्सको किनबेच भएको बजारमा कूल २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077