Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तराईमा हुस्सु र कुहिरो, सावधानी अपनाउन अनुरोध

काठमाडौं । आज बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँद लागेसँगै पछिल्लो केही दिनयता चिसो निरन्तर बढ्दो छ ।

तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकाले तराई क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ ।

घाम लाग्न थालेपछि क्रमशः हुस्सु र कुहिरो हट्दै जाने विभागले जनाएको छ । यस्तै काठमाडौंमा आज बिहान तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077