Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभा र प्रदेश सभातर्फ ४२८५ जना उम्मेदवारको जमानत जफत

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभातर्फ ४२८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको जनाएको छ ।

निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्बजनिक गर्दै ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको जानकारी दिएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

त्यस्तै, प्रतिनिधिसभातर्फ १८४ जना पुरुष निर्वाचित भएको आयोगले जनाएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ९१ जना महिला निर्वाचित भएको बताए । प्रतिनिधिसभामा कूल २७५ जनामध्ये पुरुष ६६.९ प्रतिशत र महिला ३३.१० प्रतिशत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077