Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा २.६२ अंकको गिरावट, ७२ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ ।

बजार घट्दा उप-सूचकतर्फ फाइनान्स ०.१२, होटेल तथा पर्यटन ०.७२, जलविद्युत ०.२८, लगानी ०.०८ तथा ०.२५ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

आज नेप्सेमा सूचीकृत २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता शेयर किनबेच हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

घट्दो बजारमा बुधबार कारोबार भएका ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार नेपाल टेलिकम, कृषि विकास बैंक, नबिल बैंकसहितका कम्पनीको सेयर धेरै कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077