काठमाडौं । गएराति बादल लागेकाले उपत्यकामा न्यूनतम तापक्रम बढेको छ ।
बिहान काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । हिजो ५ दशमलव ८ डिग्री सेल्सियस थियो ।
यस्तै आज तराईका केही स्थानमा बाक्लो हुस्सु कुहिरो लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराईका केही जिल्लामा बाक्लो हुस्सु तथा कुहिरो लागेर चिसो बढ्ने र अधिकांश भूभागमा तापक्रम क्रमिकरुपमा घट्दै जाने सम्भावना रहेको विभागले जनाएको छ । त्यसबेला आवश्यक सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।