Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सत्ता गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका छन् ।

ठाकुरले मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् । उनले सरकारमा जाने(नजाने कुरा समयले निर्धारण गर्ने बताए ।

अध्यक्ष ठाकुरले भने, ‘हामी गैरसरकारी संस्था एनजीओ होइनौं, कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने । दल भनेको जनताको सेवाका लागि स्थापित राजनीतिक संगठन हो । यो सधैं जनताप्रति उत्तरदायी हुन्छ । त्यसैले सरकारमा सामेल हुने नहुने कुरा समयले निर्धारण गर्छ ।’

कसैको एजेन्ट भएर पैसा ल्याएर काम गर्ने गैरसरकारी संस्था जस्तो आफूहरु नभएको बताउँदै उनले प्रधानमन्त्री जो बने पनि आफ्ना माग र मुद्दाबाट पछि नहट्ने समेत बताए ।

मधेसी र थरुहट मुद्दाका पीडितले अझै न्याय पाउन नसकेको भन्दै उनले जेलमा परेकाहरुलाई छुटाउनुपर्ने बताए। आफूहरुले समावेशीताको नारा उठाउँदा, पहिचानका आधारमा भेदभाव नगर भन्दा उल्टै विखण्डनवादीको आरोप लाग्ने गरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077