Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पृथ्वीसुब्बा गुरुङले भने - सत्ता गठबन्धनको घेराबन्दी छिचोलेर एमाले पहिलो पार्टी बन्यो

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले पहिलो पार्टी भएको दाबी गरेका छन् ।

लमजुङबाट प्रतिनिधिसभामा विजयी भएपछि धन्यवाद दिन पुगेका गुरुङले एक्लाएक्लै लड्दा एमाले पहिलो पार्टी भएको बताएका हुन् ।

उनले भने, ‘प्रत्यक्षमा त उनीहरू पाँच वटा दल मिलेर हामीलाई हराए । तर, समानुपातिकमा एक्लै लड्दा हामी पहिलो दल भयौँ । एमालेले एक्लैले काम गरेको देखेर अरु पार्टीहरूले जालझेल गरेर हामीलाई अदालतबाट हटाएका हुन् ।’

एक्लै एमालेसँग लड्न नसक्ने भएकाले हरुवा हरुवा पार्टीहरू मिलेर एमालेविरुद्ध षड्यन्त्र गरेको गुरुङको आरोप थियो । एमाले सरकारले गरेको राम्रो कामलाई हटाएर गठबन्धन सरकारले देशलाई खोक्रो बनाएको उनको टिप्पणी छ ।

गुरुङले भने, ‘हामीलाई गठबन्धनको घेराबन्दी छिचोल्न धेरै गाह्रो भयो । त्यसको बीचमा पनि हामीले प्रत्यक्षमा ४४ सीट जित्यौँ । अरु चारवटा दलले भोट हाल्दा पनि कांग्रेसले हाम्रो भन्दा १३ सीटमात्रै बढी जित्यो । अहिले हामी सबै प्रदेशमा पहिलो पार्टी बनेका छौँ ।’

एमालेले पाँच वर्षभित्रमा आफूले गरेको प्रतिबद्धता पूरा गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077