Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अवैध लागूऔषधसहित छ जना कारोबारी प्रहरीको फन्दामा

सुनसरी । प्रहरीले ठूलो परिणामको लागूऔषधसहित कारोबारमा संलग्न छ जनालाई पक्राउ गरेको छ ।  गोप्य सूचनाको आधारमा बुधबार राति खटिएको इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान ३ का ३४ वर्षीय मन्त्री उपनामका मनकुमार श्रेष्ठ, धरान ५ का २६ वर्षीय अमन राई, धरान १४ का २१ वर्षीय रञ्जित तामाङ, १९ वर्षीय नेल्शन याख्या, २० वर्षीय शाहिल भण्डारी र १९ वर्षीय शेखर परियार रहेका छन्।

प्रहरी टोलीले धरान ३ स्थित सदन रोडमा मनकुमारको कोठाबाट फेनेरगन, ३२ एम्पुल, डाइजेपाम ३९ एम्पुल, लुपिजेसिक ३९ एम्पुल र एभिल ४५ एम्पुल बरामत गरेको छ ।

ट्रामाडोल एक हजार ट्याब्लेट, स्पास्पेइन एकहजार ५ सय ट्याब्लेट र  धरान ५ देउरानलीस्थित अमन राईको घरबाट लागुऔषध ५ हजार ३९ ट्याब्लेट ट्रामाडोल, २ हजार ६ सय ४०ट्याब्लेट स्पास्पेइन बरामत गरिएको प्रहरीले जनाएको छ ।

धरान १४ का रञ्जित तामाङको घरबाट २ सय ४० ट्याब्लेट स्पास्पेइन र २ सय ५०ट्याब्लेट ट्रामाडोल बरामत गरिएको छ ।

त्यस्तै भण्डारी, याक्खा र परिवारको साथबाट ८ ट्याब्लेट स्पास्पेइन र ८० ट्याब्लेठ ट्रामाडोल बरामत गरिएको इलाका प्रहरी कार्यालय धरानले बताएको छ ।

पक्राउ परेका छ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ परेका छजनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077