Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी सेनाको गोलाबारीबाट खेरसनमा विद्युत कटौती, दुई जनाको मृत्यु

एजेन्सी । रुसको गोलाबारीबाट बिहीबार दक्षिणी शहर खेरसनमा दुई जनाको मृत्यु भएको छ ।

राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोका अनुसार रुसी सेनाले शहरको केन्द्रमा गोली हानेको हो ।

यस्तै खेरसन क्षेत्रमा विद्युत कटौती हुँदा अन्धकार भएको छ । शहरको बन्दरगाह क्षेत्रमा महत्त्वपूर्ण पूर्वाधार सुविधामा भारी गोलाबारी जारी छ ।

क्षेत्रीय गभर्नर यारोस्लाभ यानुशेभिचले भनेका छन्– ‘दुई जनाको मृत्यु भएको जानकारी छ। आपतकालीन सेवाहरू तम्तयारी स्थितिमा छन् । आक्रमणले शहरलाई पूर्ण रूपमा ऊर्जाविहीन बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077