काठमाडौं । तराईका केही भूभागमा विहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । जसकारण देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रुपले घट्दै गएको हो ।
जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा तराईका केही जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ ।
विभागका अनुसार आज पुस १ गते दिउँसो प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज बिहान काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ ।