Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी

एजेन्सी । युक्रेनी सैन्य जनरलले रुसले सिंगो युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् । रूस र युक्रेनबीच बमबारीको होड चलिरहेका बेला एक जना युक्रेनी सैन्य जनरलले यस्तो दाबी गरेका हुन् ।

युक्रेनी सेनाका ब्रिगिडियर जनरल ओलेक्सी ग्रोमोभले क्रेमलिन युद्धलाई लम्ब्याउने र दीर्घकालमा सिंगो युक्रेन कब्जा गर्ने रणनीतिमा रहेको बताएका हुन् ।

उनले रूस युक्रेनलाई युरोप र नेटोसँग जोडिन नदिन कटिवद्ध रहेको पनि बताएका छन् । रुस र युक्रेन दुवै देशले क्रिसमसको बेला समेत युद्ध बिराम नहुने बताईरहेको बेला एकले अर्को पक्षमा बमबारी गर्ने क्रम पनि तीब्र भएको छ ।

युक्रेनले रूसी नियन्त्रणमा रहेको दोनेत्स्क क्षेत्रमा बमबारी गरेपछि रूसले युक्रेनका मुख्य शहरहरूमा पुनः बम वर्षा गरेको छ ।

युक्रेनी जनरलले रुसको मुख्य निशाना पूर्वी क्षेत्रको बख्मुत क्षेत्र भए पनि उसले दक्षिण शहरहरू खर्सोन र जापोरिजिया क्षेत्रमा पनि दैनिक आक्रमण गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077