Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • ड्रग्स र मनी लान्ड्रिंग मुद्दामा रकुल प्रीतलाई ईडीको पत्र

    ड्रग्स र मनी लान्ड्रिंग मुद्दामा रकुल प्रीतलाई ईडीको पत्र

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 603
    SHARES

    एजेन्सी । द डाइरेक्टरेट अफ इन्फोर्समेन्ट (ईडी) ले ड्रग्स र मनी लान्ड्रिंग मुद्दामा अभिनेत्री रकुल प्रीत सिंहलाई उपस्थित हुन पत्र पठाएको छ। रिपोर्टका अनुसार रकुललाई दुई फरक मुद्दामा पत्र पठाइएको हो ।

    उनलाई डिसेम्बर १९ गते सोधपुछका लागि उपस्थित हुन भनिएको छ । रकुल प्रीतलाई पनि गत वर्ष सेप्टेम्बरमा बोलाइएको थियो ।



    यो मामिला पाँच वर्ष पुरानो हो । ईडीले यस विषयमा अनुसन्धान गरिरहेको छ र यस अवधिमा टलिउडसँग सम्बन्धित धेरै कलाकारहरूसँग सोधपुछ गरिरहेको छ।



    सन् २०१७ मा भन्सार अधिकारीहरूले सङ्गीतकार क्याल्भिन मस्करेनहास र अन्य दुईजनाबाट ३० लाख मूल्यको लागुऔषध बरामद गरेपछि लागूऔषध मुद्दामा चर्चामा आएको थियो ।

    रवि तेजा, चार्मी कौर, नवदीप, मुमैथ खान, तनिश, नन्दु, तरुण र बाहुबली फेम राणा डग्गुबातीलाई यस मामिलामा ईडीले पहिले नै बोलाइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार