Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ड्रग्स मुद्दामा मुछिएपछि अदालत गुहार्दै रकुल प्रीत सिंह

    ड्रग्स मुद्दामा मुछिएपछि अदालत गुहार्दै रकुल प्रीत सिंह

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 4.4K
    SHARES

    काठमाडाैं । भारतीय चलचित्रकी चर्चित अभिनेत्री रकुल प्रीत सिंहले ड्रग्सको मुद्दामा आफ्नो नाम जोडिएकाे भन्दै अदालत गुहारेकी छिन् ।

    दिल्लीको उच्च न्यायलमा उजुरी दिदै रकुलले आफ्नो नाम जर्बजस्ती प्रयोग गरिएको र यसमा मिडिया ट्रायल भैरहेको भन्दै आपत्ती जनाउदै मिडिया ट्रायल तत्काल रोक्न माग गरेकी छिन् ।



    नायिका रिया चक्रवर्तीले नारकोटिक्स कन्ट्रोल ब्यूरोको दबाबमा आएर आफ्नो नाम लिएको समेत रकुलको तर्क छ । रकुलले आफ्नो नाम बदनाम गरिरहेका न्यूज मिडियालाई कारवाहीको समेत माग गरेकी छिन् ।



    रकुलको उजुरीपछि अदालतले भारतको केन्द्र सरकारसँग यसको जवाफ मागेको छ । मिडियाले पनि रियाको मुद्दामा रकुलसँग सम्बन्धित बिषयलाई ध्यान दिएर प्रशारण गर्ने अपेक्षा पनि गरेको छ ।

    केही दिनदेखि मिडियामा साराअली खान, रकुल प्रीत जस्ता कलाकारको नाम रियाले आफ्नो बयानमा लिएको भन्दै खबर प्रशारण भैरहेका छन् । तर, एनसीबीका निर्देशक केपीएस मल्होत्राले यो कुराको खण्डन गर्दै रियाले कुनै कलाकारको नाम नलिएको उल्लेख गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार