Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुशान्त सिंह मृत्यु प्रकरण : रिया चक्रवर्तीको खाता डिफ्रिज, ल्यापटप र आइफोन पनि फिर्ता

    सुशान्त सिंह मृत्यु प्रकरण : रिया चक्रवर्तीको खाता डिफ्रिज, ल्यापटप र आइफोन पनि फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीले बल्ल राहत महसुस गरेकी छिन्। बलिउड अभिनेता सुशान्तले आत्महत्या गरेपछि उनकी प्रेमीका भनिएकी रियाले धेरै कठिन समयहरु सामाना गर्नुपरेको थियो।

    आत्महत्या दुरुत्साहन तथा लागुपर्दाथ दुर्व्यसनीको आरोपमा उनले जेलमा पनि बस्नुपरेको थियो। सुशान्तका बुवा केके सिंहले बिहार प्रहरीमा रियाविरुद्ध धोका, पैसा हडपेको र आत्महत्या गर्न उस्काएकोलगायत आरोपसहित उजुरी दिएका थिए।



    सुशान्तको मृत्युसँग जोडिएको लागुऔषध केसमा समेत नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले रियालाई पक्राउ गरेर केही दिन जेल हालेको थियो। साथै, एनसीबीले रियाका सामानहरु जफत गर्नुका साथै बैंक खाता पनि फ्रिज गरिदिएको थियो।



    एक वर्षपछि अदालतले आज अभिनेत्री रियाको बन्द गरेको खाता डिफ्रिज गर्ने निर्णय सुनाएको छ। साथै, उनीबाट जफत गरिएका सामग्रीहरु ल्यापटप र आइफोन पनि फिर्ता गर्न अदालतले आदेश दिएको छ। एनडीपीएस (नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट) अनुसार बन्द भएको खाता रियाले आजदेखि प्रयोग गर्न पाउँनेछिन्।

    रिपोर्टका अनुसार रिया चक्रवर्तीले एनडीपीएस अदालतमा आफ्नो बैंक खाता डिफ्रिज गर्न माग गर्दै निवेदन दिएकी थिइन्। आर्थिक रुपमा भाइ पनि आफूमाथि नै निर्भर रहेको समेत उनले बताएकी थिइन्। रियाले लामो समयपछि यस मामिलामा उन्मुक्ति पाएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार