Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर

    सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती र उनका भाइविरुद्ध अदालतमा मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 942
    SHARES

    एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको निधनको मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्युरोले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ शैविक चक्रवर्ती र अन्य व्यक्तिलाई पनि आरोपी तुल्याएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीले यी आरोपीविरुद्ध विशेष अदालतमा ड्राफ्ट चार्ज दायर गरेको छ । आज बुधवार सुशान्तसँग जोडिएको लागुऔषधको विषयमा एनसीबीले ३५ आरोपीविरुद्ध अदालतमा उजुरी दायर गरेको छ।



    उनीहरुमाथि सुशान्तको लागि ड्रग्स खरिद गर्ने आरोप लागेको छ । रिया र उनका भाइ शैविकले पनि लागूऔषधको प्रयोग गरेका थिए । यी दुईले नै सुशान्तको लागि ड्रग्स खरिद गरेका थिए ।



    यस मामिलामा आगामी अदालती सुनुवाइ १२ जुलाईमा हुनेछ । १४ जुन २०२० मा सुशान्त मुम्बईस्थित अपार्टमेन्टमा मृत भेटिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार