Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • दिवंगत अभिनेता सुशान्त सिंहको फेसबुक प्रोफाइल परिवर्तन, कसले–किन चलायो उनको अकाउण्ट ?

    दिवंगत अभिनेता सुशान्त सिंहको फेसबुक प्रोफाइल परिवर्तन, कसले–किन चलायो उनको अकाउण्ट ?

    अनलाइन नेपाल
  • शनिबार, ५ भाद्र २०७८
  • 2.3K
    SHARES

    एजेन्सी – बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक वर्षभन्दा बढी भइसकेको छ। नायक राजपुतका प्रशंकहरु अहिले पनि उनी सधैंका लागि बिदा भएको विश्वास गर्न सक्दैनन्। न त उनीहरुको त्यो नमिठो पललाई सम्झिन नै चाहन्छन्।

    तर शनिबार भएको एक घटनाले फेरि प्रशंसकहरुले त्यो क्रुर समय स्मरण गरेका छन्। एकाएक नायक राजपुतको फेसकुक अकाउण्ट सक्रिय भएको छ। सुशान्तको प्रोफाइल पिक्चर परिवर्तन भएपछि केही समय बलिउडमा खैलाबैला मच्चिएको छ।



    उक्त फेसबुक प्रोफाइल तस्बिर सुशान्तको पीआर टीमले परिवर्तन गरेका हुन्। सुशान्तको प्रोफाइल तस्बिर परिवर्तन भएपछि उनका दर्शकहरु हैरान भएका छन्। उनका दर्शकले तस्बिर परिवर्तन भएपछि दुख व्यक्त गरेका छन्।



    सामान्यताः कुनै पनि व्यक्तिको मृत्यु भएपछि फेसबुकमा कुनै पनि पोस्ट अपडेट हुँदैन। तर, उनका पीआर टीमले उनको फोटो परिवर्तन गरेका छन्।

    उनको फोटो परिवर्तन भएपछि लाखौँ फ्यानले तस्बिरमा प्रतिक्रिया जनाएका छन्। जसमा एकजनाले लेखेका छन्, ‘सुशान्त फर्किएर आएजस्तै लागिरहेको छ।’ अर्को युजर्सले लेखेका छन्, ‘सुशान्त सधैँ हाम्रो यादमा रहनेछन्।’ त्यसैगरी, अर्का युजर्सले लेखेका छन्, ‘यो कसरी हुन सक्छ ? कसले यो परिवर्तन गर्यो ?’

    यस्ता थुप्रै प्रतिक्रियाहरु आएका छन्। धेरैलाई सुशान्तलाई पुनः स्मरण गरेका छन्। उनको त्यो पीडादायक बिदाईलाई सम्झिएका छन् अनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार