Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • जान्ह्वी कपुर स्टारर ‘उलझ’को टिजर सार्वजनिक

    जान्ह्वी कपुर स्टारर ‘उलझ’को टिजर सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 291
    SHARES

    एजेन्सी । जान्ह्वी कपुर स्टारर बलिउड फिल्म ‘उलझ’को टिजर सार्वजनिक भएको छ।

    ५६ सेकेण्ड लामो टिजरमा जान्ह्वीले इन्डियन फरिन सर्भिसमा कार्यरत एक युवा कूटनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् ।



    दर्शकले ‘उलझ’को टिजरमा उनको भिन्न अवतार हेर्न पाउनेछन् । फिल्म एक कूटनीतिज्ञको कथा हो जो देशभक्त र प्रतिष्ठित परिवारसँग सम्बन्धित छ ।



    जो आफ्नो करिअरको सिलसिलामा विदेशमा रहेको बेला खतरनाक षड्यन्त्रको बीचमा फस्छ । टिजरमा काठमाडौंको हवाई दृश्य पनि समावेश गरिएको छ

    यसको अर्थ, यसको कथावस्तुसँग काठमाडौं पनि जोडिएको छ । विदेशी फिल्म नेपालमा छायांकनका लागि प्रबन्ध गर्दै आएको आइसफल प्रोडक्सनका अनुसार यो फिल्मको केही दृश्य गत वर्ष नै काठमाडौंमा खिचिएको हो ।

    उलझ सिनेमा घरमा जुलाई ५ मा रिलिज हुँदैछ । सुधांशु सारिया निर्देशित यो फिल्मलाई बलिउडको जंगली पिक्चर्सले निर्माण गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार